FAQs Complain Problems

सूचना ! सूचना !! सूचना!!!

निःशुल्क शल्यक्रियासहितको आँखा शिविर बस्ने बारेको सूचना
नेपाल नेत्रज्योति संघ र फाकफोकथुम गाउँपालिकाको संयुक्त आयोजनामा निम्न मिति र स्थानमा मोतिबिन्दुको निःशुल्क शल्यक्रियासहित आँखा शिविर गरिने भएकाले मोतिबिन्दु भएका आँखाका रोगीहरूले सम्वन्धित स्थानमा समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउन हुन अनुरोध छ ।
छनौट शिविर हुने स्थानहरूः–
मितिः २०७५÷०८÷१५ गते शनिबार–वडा भवन फूएतप्पा
मितिः २०७५÷०८÷१६ गते आइतबार–वडा भवन लुम्दे
मितिः २०७५÷०८÷१७ गते सोमबार–सिंहदेवी मावि एकतप्पा, शिकारीभञ्ज्याङ
मितिः २०७५÷०८÷१८ गते मंगलवार–स्वास्थ्य चौकी भवन, कोलबोटे
मितिः २०७५÷०८÷१९ गते बुधवार–ज्योति आधारभूत विद्यालय, ठिंगेपुर
निःशुल्क शल्यक्रिया शिविर
मितिः २०७५ मङ्सिर २०, २१ र २२ गते
स्थानः स्वास्थ्य चौकी भवन आमचोक, इलाम
आयोजक
१) पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल, विराटनगर ।
२) नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, इलाम ।
३) फाकफोकथुम गाउँपालिकाको कार्यालय, इलाम ।

आर्थिक वर्ष: