फाकफोकथुम गाउँपालिका परिचय

फाकफोकथुम गाउँपालिका  पूर्वी नेपालको मेची अञ्चलमा ईलामको पश्चिम  क्षेत्रमा अवस्थित गाउँपालिका  हो। नेपालको संधीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा यो गाउँपालिका साबिकका ६  वटा गाबिसहरु  आम्चोक, फाकफोक, फुयेतप्पा, लुम्दे, एकतप्पा, चमैता लाई विलय गरि स्थापना गरिएको हो र हाल ७ वटा वडाहरु छन्| यो गाउँपालिकाको कुल जनसंख्या २१,६१९ छ,यो गाउँपालिकाको छेत्रफल १०८.७९ वर्ग कि.मी छ र जनघनत्व २००/वर्ग कि.मी (510/sq mi) छ| यो गाउँपालिका संस्कृतिक विविधताको हिसाबले धनि छ, यहाँ विभिन्न समुदायका जातजातिहरु बसोबास गरिरहेका छन्| यहाँका धेरै मानिसहरु कृषि अनि विभिन्न व्यवसायमा आबद्ध छन्| यो क्षेत्र मा पाइने प्रमुख नगदेबालीहरुमा अलैची, अम्रिसो, अदुवा पर्दछन, उच्च भाग बहुमुल्य जडी बुटीहरु जस्तै चिरैतो, पाखन भेत, बोजो आदि पाइन्छन| फाकफोकथुम गाउँपालिकामा  स्थानीय जनताहरु को सक्रियता मा धेरै लघु जलबिधुत आयोजनाहरु पनि संचालनमा आइरहेका छन् |