FAQs Complain Problems

संक्षिप्त परिचय

फाकफोकथुम गाउँपालिका इलाम जिल्लाको पश्चिम छेत्रमा रहेको महाभारत पर्वत शृंखला राँके रबि सडक अन्तर्गत दक्षिणतर्फको गाउँपालिका हो | नेपालको संधीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा यो साबिकका ५ वटा गाबिसहरु फाकफोक, आम्चोक, फुयेताप्पा, लुम्दे, एकतप्पा र साबिक चमैता गा.वि.स. को ९ नं. वडा विलय गरि स्थापना गरिएको हो | यस गाउँपालिका पूर्व मा देउमाई नगरपालिका दक्षिण मा मांगसेबुङ्ग गाउँपालिका उत्तर र पश्चिम मा पांचथर जिल्ला अन्तर्गतका दुईवटा  गाउँपालिकाहरु फाल्गुनन्द र मिक्लाजुङ्ग रहेका छन् ।  यहाको क्षेत्रफ़ल 109 km² र जनघनत्व 200/km2 (510/sq mi) रहेको छ र नेपालको २०७८ को जन गणना  अनुसार यहाको जनसंख्या १९,७०६ रहेको छ । यो गाउँपालिका जातिगत तथा सास्कृतिकरुपमा बिशिस्टता र विविधता बोकेको गाउँपालिका हो, यहाँ मुख्य रुपमा लिम्बु जतिको बसोबास रहेको छ, साथ साथै अन्य जातजातिहरुको पनि बाक्लो बसोबास रहेको छ| यस क्षेत्रका मनिषहरु विभिन्न पेशा व्यवसायमा आवद्ध छन् र यो क्षेत्र जडिबुटी तथा कृषि उपज उत्पादन को लागि धेरै प्रख्यात छ।मोबाइल एप प्राप्त गर्ने लिंकका लागि : यहाँ क्लिक् गर्नुहोस् ।